सीमा नाका ‘जमुनाहा’ दुई दिन बन्द
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित नेपाल(भारत सीमा नाका ‘जमुनाहा’ दुई दिन बन्द (सिल) हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यस्थित बहराइच जिल्लामा जेठ ७ गते हुने लोकसभा निर्वाचनलाई लक्षित गरी आज राती साढे १० बजेदेखि जेठ ७ गते बेलुकी ५ बजेसम्म जमुनाहा नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने उद्देश्यले नाका बन्द गरिएको उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्