श्रम तथा रोजगारसम्बन्धी सूचनालाई व्यापक बनाउन मन्त्री अर्यालको आग्रह
नेपालगन्ज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगारसम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गर्नुभएको छ । आजदेखि कोहलपुरमा शुरु भएको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आजदेखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागिता रहेको छ । तालिम जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्