अमरगढीमा आयोजित रोजगार मेलामा ८० प्रतिशत महिलाको आवेदन

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले शनिबार रोजगार मेलाको आयोजना गरेको छ । विभिन्न किसिमका सिप र क्षमता भएका बेरोजगार युवा समूहलाई निजी क्षेत्रका रोजगार दाता र रोजगारी खोजिरहेका बीच समन्वय गरिएको अमरगढी नगरपालिकाले जनाएको छ ।
उक्त मेलाको एक समारोहका बीच अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले गर्नु भएको हो । जोशीले रोजगार मेला एक दिनका लागि भएको भएपनि हामीले सदैव रोजगारका कार्यक्रमहरू ल्याउने गरेको बताउनु भयो ।
नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक लक्ष्मीप्रसाद अवस्थीले १सय १० जनाले लेखापाल, कम्प्युटर अपरेटर , कुक, रिसेप्सन जस्ता क्षेत्रमा कामका लागि आवेदन दिएको बताउनु भयो ।
साथै उहाँले आवेदक मध्ये ८० प्रतिशत महिलाहरू र २० प्रतिशत पुरुषहरू रहेको बताउनू भयो । अहिले प्राय पुरुषहरू कामका लागि वैदेशिक रोजगारीमा बढी जसो जाने गरेकाले महिलाहरूको सङ्ख्या बढेको हुन सक्ने अवस्थीले बताउनु भयो ।
यो कार्यक्रम देशभरका महानगर ,उपमहानगर र नगरपालिका गरी ३० वटा स्थानीय तहमा नमुना रोजगार सेवा केन्द्रले आयोजना गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्