तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश सभाअन्तर्गत रहेको विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताउनुभयो । उहाँले प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका नेता र प्रमुख सचेतकबिच यही वैशाख ३० गते विभिन्न पाँच समितिको सभापतिको निर्वाचनलाई आपसी सहमति कायम गरी सम्पन्न गर्ने सहमति भएको जानकारी दिनुभयो ।

सभामुख पाठकको आह्वानमा आज सर्वदलीय बैठकको आयोजना गरिएको थियो । प्रदेश सभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते रातिबाट अन्त्य गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button