तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हरवा चरवा सम्मेलन जनकपुरधाममा शुरु

जनकपुरधाम । हरवा चरवाको न्यायिक पुनः स्थापनाको माग सहित जनकपुरधाममा आज देखि तेस्रो राष्ट्रिय हरवा चरवा सम्मेलन शुरु भएको छ ।

मधेश प्रदेशका ८ वटै जिल्लाबाट आएका हरवा चरवाहरुको सम्मेलनमा हरवा चरवाले भोग्नुपरेका विभिन्न विषयमा छलफल हुने भएको छ । हरवा चरवाले हाम्रो भूमि, छोरा छोरीको शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षा सहितको माग गर्दै आएको छ ।

दलित जनकल्याण युवा क्लब लहानको सहयोगमा राष्ट्रिय हरवा चरवा अधिकार मञ्चको आयोजनामा शुरु भएको हरवा चरवाको राष्ट्रिय सम्मेलनको उद्घाटन मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले उद्घाटन गर्नुभएकाे हो ।

उद्घाटन सत्रको कार्यक्रममा सहभागी हुनका लागि ८ जिल्लाका करिब २ हजार व्यक्तिहरू सहभागी हुने र बन्द शत्रमा ८० जना प्रतिनिधिहरुको  सहभागी हुने कार्यक्रम रहेको हरवा चरवाको मुक्ति अभियानमा सघाउँदै आउनु भएका कानून व्यवसायी बालाराम भट्टराईले जानकारी दिनुभयो ।

राष्ट्रिय हरवा चरवा अधिकार मञ्चका अध्यक्ष दर्शन मण्डलको अध्यक्षतामा भएको उद्घाटन शत्रमा विभिन्न वक्ताहरूले हरवा चरणको मुक्ति नेपाल सरकारले गरेपनि यो समुदायको न्यायिक पुनर्स्थापनाका लागि राहत, पुनर्स्थापना सहितको क्षेत्रमा कुनै काम नगरेको गुनासो गर्नुभएको छ ।

तेस्रो राष्ट्रिय हरवा चरवा सम्मेलनले मञ्चका लागि नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम रहेको छ । यस अघि ब्यानर सहित जनकपुरधामको गोपाल धर्मशालाबाट राष्ट्रिय हरवा चरवा अधिकार मञ्चकाको ब्यानरमा नारा जुलुस सहित जनकपुर नगरभरि प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button