‘ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ’
इलाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताउनुभएको छ ।

इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाटमा मन्त्री चौधरीले भन्नुभयो ‘हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौँ ।’
चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी नीति ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको भन्दै उहाँले अब छोराछोरीको दायित्वलाई जोडिने बताउनुभयो । छोराछोरी जुनसुकै क्षेत्रमा काम गर्ने भए पनि उसको देखिएको आम्दानीको १० प्रतिशत आफ्ना बाबाआमालाई दिनुपर्छ भनेर ऐनमै व्यवस्था गरिएको उहाँले बताउनुभयो । कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने र त्यसबाट ज्येष्ठ नागरिकहरूलाई ठूलो सहयोग पुग्ने उहाँको भनाई थियो ।







प्रतिक्रिया राख्नुहोस्