कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री कँडेलद्वारा पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
आज प्रदेश प्रमुखको कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकामा प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नवनियुक्त मुख्यमन्त्री कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रदेश प्रमुख परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएसँगै प्रदेशका विशिष्ट व्यक्तिहरूले नवनियुक्त मुख्यमन्त्री कँडेललाई बधाई तथा शुभकामना दिनु भएको छ ।

नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलका नेता समेत र कँडेलले नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार हुनुभएका मुख्यमन्त्री पलमा नियुक्त हुनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्