सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ । प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नु भएको हो । प्रदेश प्रमुख मियाँले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागी २०८१ वैशाख २ गते बेलुकी ५ बजे भित्र दाबी पेश गर्न आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कमल बहादुर शाहले चैत्र २२ गते राजीनामा दिनु भएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।








प्रतिक्रिया राख्नुहोस्