तपाईँ सुन्दै हुनुहुन्छः

बर्षाले नवलपरासीमा साढे तीन करोड बराबरको काँचो इँटा नष्ट

नवलपरासी,पश्चिम् ।  पश्चिम नवलपरासीमा असिनापानीले साढे तिन करोड रुपैयाँ बराबरको कोचो इँटा  नष्ट भएको छ । सोमबार बेलुका परेको असिनापानीले जिल्लामा रहेका २२ ओटा इँटा उद्योगमा सोमबारको वर्षाले सुकाउन राखिएका काँचो ईट्टा नष्ट गरेको हो । जिल्लाभरका उद्योगबाट १ करोड २० लाख गोटा काँचो इँटा वर्षाका कारण गलेर नष्ट भएको ईट्टा व्यवसायी महासङ्घका केन्द्रिय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिनुभयो । काँचो इँटाको लागत मूल्य अनुसार पनि साढे तिन करोड बराबरको नोक्सानी भएको श्रेष्ठले बताउनुभयो । 

असिना सहितको बर्षाले सात लाख गोटा इँटा नष्ट भएको बालाजी इँटा उद्योगका सञ्चालक कुलदिप आचार्यले बताउनु भयो ।झन्डै २५ लाख भन्दा माथिको कोचो इँटा पूर्ण रुपमा क्षति भएको आचार्यको भनाई छ । वर्षभरी बेच्नका लागी तयार गरिएको ईट्टा पानीले नष्ट गरेपछि ईट्टा व्यवसायी मारमा परेका छन् । ठुलो पानी परेका कारण सुकाउन राखिएका इँटा पूर्ण रुपमा नष्ट भएको छ । पानीले नष्ट गरेपछि जिल्लामा इँटा उत्पादनमा पनि कमी आउने श्रेष्ठले बताउनुभयो । ईटाँमा पुगेको क्षतिलाई व्यवसायी निकै मारमा परेको बताउँदै सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा उद्योगी व्यवसायीको जोड छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button