तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छुरा प्रहारबाट एक युवक घाइते, पाँच जना पक्राउ

झापा । झापाको बिर्तामोडमा छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।

बिर्तामोड नगरपालिका– १ स्थित पश्चिम बस पार्कमा सोही ठाउँका २३ वर्षीय सुनिराम मुर्मीमाथि हिजो बेलुका छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउनुभयाे ।

सुनिराममाथि छुरा प्रहार गर्ने पाँचजना पक्राउ परेका छन् । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले छुरा प्रहार गर्ने  विर्तामोड–१ का २३ वर्षीय राम टुडु, सोही ठाउँका २९ वर्षीय सुसान मुर्मु,  बिर्तामोड–६ का १९ वर्षीय एलिन श्रेष्ठ,  अर्जुनधारा–११ का ३० वर्षीय सरोज सहनी र कनकाई–१ का २३ को मनोज विकलाई पक्राउ गरेको प्रहरी निरीक्षक गिरीले जानकारी दिनु भयो । ती युवकबीच हिजो राति झगडा भएको थियो ।

छुरा प्रहारबाट सुनिरामको बायाँ हातको कुममा र ढाडको माथिपट्टि गर्दनको भागमा चोट लागेको छ । उनको बिर्तामोडस्थित स्पाइनेक्स अस्पताल उपचार भइरहेको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button