नेपाल प्रेस युनियन रेडियो नेपाल शाखा अबिधेशन सम्पन्न

काठमाडौँ। नेपाली काँग्रेसका नेता एंव पुर्व संचारमन्त्री डा मिनेन्द्र रिजालले रेडियो नेपाललाई सार्वजनिक प्रशारण सेवामा रुपान्तरणको विकल्प नभएको वताउनुभएको छ । नेपाल प्रेस युनियन रेडियो नेपाल शाखाको चौथो अधिवेशनको आज सिहंदरवारमा उद्दघाटन गर्दे नेता डा रिजालले राज्य र समाज दुवै वलियो हुदाँ लोकतन्त्र पनि वलियो हुने भएकाले संचार क्षेत्र पनि वलियो हुन जरुरी रहेको वताउनुभयो ।

सरकारले संचार माध्यमलाई नियन्त्रण भन्दा नियमन गर्न सक्ने नेता डा रिजालले उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष वद्रि सिग्देलले रेडियो नेपाललाई सार्वजनिक प्रशारण सेवाकारुपमा रुपान्तरण गर्दे गर्दा सरोकार पक्ष सँग प्रशस्त छलफल गर्नु पर्ने वताउनुभयो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले रेडियो नेपाललाईविश्वसनीय वनाउन पत्रकार ,व्यवस्थापन र सरकार सवैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह , युनियनका सल्लाहाकार शिव लम्साल, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल ,रेडियो नेपाल कर्मचारी युनियनका अध्यक्ष भरत घिमिरे , प्रेस सेन्टर रेडियो नेपालका संयोजक यशोदा अधिकारी , रेडियो नेपाल राष्टिय कर्मचारी संगठनका अध्यक्ष राजेश श्रेष्ठ लगायतले अधिवेशनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसै वीच अधिवेशनले अशोक मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जस्मा उपाध्यक्ष रमेश टमाट्टा र टंक खनाल ,सचिव केशव ढुङगाना,सह- सचिव रमा भुर्तेल ,काेषाध्यक्ष हेमन्त उप्रेती लगायत छन् ।
















प्रतिक्रिया राख्नुहोस्