तपाईँ सुन्दै हुनुहुन्छः

देशको पहाडी भेगमा उल्लाहसपूर्वक होली पर्व मनाइँदै (फोटो फिचर)

आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा कार्यकर्तासँग होली खेल्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

होली पूर्णिमाको अवसर आइतबार वसन्तपुरमा होली खेल्दै रमाउँदै विदेशी पर्यटक तथा स्वदेशी युवायुवती ।

तनहुँको व्यास नगरपालिका–३ पराशर टोलमा आइतबार होलीमा रमाउँदै बालबालिका । 

होली पूर्णिमा दिन आइतबार दरबार मार्गमा होली मनाइरहेका युवाहरू ।

नेपालको पर्यटकीय सहर पोखराको लेक साइडमा आइतबार एकापसमा रङ्ग दलेर होली खेलेर रमाउँदै विदेशी पर्यटक । 
होली पूर्णिमाका अवसरमा आइतबार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा रहेको शिवपुरी धाममा होली खेल्दै अछामी समुदाय ।
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा होलीमा देखिएको रौनक दृश्य । एक आपस रङ दलेर स्थानीयहरुले होली पर्व मनाइरहेको छन् ।
रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट खलंगामा होलीमा देखिएको रौनक दृश्य । एक आपस रङ दलेर स्थानीयहरुले होली पर्व मनाइरहेको छन् ।
बागलुङ बजारमा होली खेल्दै नेवार समुदायका युवायुवती तथा पाका पुस्ताहरु । बागलुङमा अहिले पनि दुई सय पचास वर्ष पुरानो फागु गीत गाउँदै नेवार समुदाय होली हेल्दै आएका छन् ।
होली पूर्णिमाको अवसरमा आइतरबार पोखरामा होली खेलेर रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक ।
होली पूर्णिमाको अवसरमा आइतरबार पोखराको लेकसाइट होली खेलर रमाउँदै विदेशी पर्यटक ।

फोटो : रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button