तपाईँ सुन्दै हुनुहुन्छः

फेवा किनारमा  ज्याकारान्डा फूलले थपियो आर्कषण (फोटो फिचर)

कास्की । फेवाताल किनारमा  हाल बैजनी रङ्गको ज्याकारान्डा फूलले ढाकिएको छ। सडक किनारमा फुलेका आकर्षक ज्याकारान्डा फूलहरूले वातावरणलाई रमणीय बनाएको छ भने भिडियो तस्बिर खिच्ने स्वदेशी तथा विदेशी पर्यटकहरूको भीड पनि बढिरहेको छ।

सार्वजनिक बिदाको दिन यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति रहने गरेको छ ।

फेवा ताल नजिकै रहेको गौरीघाट क्षेत्रमा फूलहरू फुलेसँगै बिहानदेखि बेलुकासम्म घुम्न आउनेहरूको चहलपहल बढेको छ। विशेष गरी युवा पुरुष र महिला, परिवार र विदेशी पर्यटकहरू ज्याकारान्डाको सुन्दरताको आनन्द लिँदै फोटो र भिडियो खिच्न व्यस्त देखिन्छन्।

हरेक वर्ष वैशाख/जेठ महिनामा ज्याकारान्डा फूलहरू फुल्छन्। बाटो बैजनी फूलले रङ्गिएको हुनाले यस समयमा गौरीघाटमा आगन्तुकहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ ।  सामाजिक सञ्जालमा गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा सेयर गरिएसँगै पर्यटकहरू बढी आकर्षित भएका छन्।

पर्यटकहरूले अहिले गौरीघाटलाई ‘फोटो स्पट’ को रूपमा चिन्दै गएका छन्। फेवा ताल, हिमालको दृश्य र ज्याकारान्डा फूलहरूको संयोजनले यहाँको वातावरणलाई अझ आकर्षक बनाउँछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button