तपाईँ सुन्दै हुनुहुन्छः

परशुरामबाट महाकाली नदीमा  र्‍याफ्टीङ सुरु

डडेल्धुरा। महाकाली नदीमा र्‍याफ्टीङ सुरु भएको छ । विश्व पानी दिवसको अवसरमा परशुराम नगरपालिकाको आयोजना तथा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालसँगको सहकार्यमा सञ्चालित दक्षिण एशियाली सीमा नदीको सामुदायिक सदुपयोग ट्रोसा–२ परियोजनाको सहकार्यमा र्‍याफ्टीङ सुरु भएको हो ।

 रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमर साउँदका अनुसार डडेल्धुराको परशुरामबाट सुरु भएको र्‍याफ्टीङ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका –९ खल्ला मछिट्टी पुगेर समापन हुनेछ । र्‍याफ्टीङमा तीन वटा डुंगाबाट २४ जना जल यात्री सहभागी छन,उनले भने र्‍याफ्टीङको एक कार्यक्रमकाबीच परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले उद्घाटन गरेका हुन । मेयर जोशीले विश्व पानी दिवसको अवसरमा आन्तरिक एवंं बाह्य पर्यटकको महत्वपूर्ण सम्भावना बोकेको परशुराम क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र्‍याफ्टीङ सुचारु गरिएको जानकारी दिए । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button