तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र स्थायी कमिटी बैठक : राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छाड्न नहुने मत 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजन, अभियान सञ्चालन, आगामी योजना र वर्तमान राष्ट्रिय परिस्थितिका बारेमा छलफल भएको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा राष्ट्रियसभा अध्यक्ष निर्वाचनका बारेमा छलफल भएको र अधिकांश नेताहरूले अध्यक्ष पद पार्टीले छाड्नु नहुने मत राखेका बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।

यस्तै आजको बैठकमा कांग्रेस महासमिति बैठकमा चलेका विभिन्न राजनीतिक चर्चा परिचर्चाबारे समीक्षा गरिएको पनि प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । 

पार्टी प्रवक्ता सापकोटाले माओवादी स्थायी कमिटीको अर्को बैठक भोली बिहान ८ः३० बजे फेरी बस्ने र संभवत् भोली नै पार्टी कार्य विभाजन सम्बन्धी निर्णयहरू हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button