ऐतिहासिक महत्वका सम्पदाहरू संरक्षण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले ऐतिहासिक महत्वका सम्पदाहरू संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सिन्धुलीगढी, अमरगढी तथा मकवानपुरगढी लगायतका सामरिक महत्वका स्थानहरूको संरक्षण हुने गरी तत्काल पुननिर्माण गर्न सरकारसँग माग गर्नुभयो ।
ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरू पुननिर्माण गरी प्रचार प्रसार गर्न सके सांस्कृतिक पर्यटनको विकास हुन सक्ने भन्दै समितिका सांसदहरुले इतिहास र संस्कृति परम्परा संरक्षण गरेर भोलिका पुस्तालाई पठनीय स्थलका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले नेपालको सांस्कृतिक, ऐतिहासिक सम्पदाहरू संरक्षण र प्रवद्र्धनका विषयमा पुरातत्त्व विभागसँग पनि छलफल गरिने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्