तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले अनुमति नदिएका मुलुकमा सैन्य सेवामा नजान आग्रह

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले सरकारले अनुमति नदिएका मुलुकमा सैन्य सेवामा नजान आग्रह गर्नुभएको छ ।

सुनसरीस्थित पूर्वी पृतना हेडक्वाटर, इटहरीमा आज आयोजित भूतपूर्व सैनिक सम्मेलन (२०८०) मा प्रधानसेनापति शर्माले रुस युक्रेन युद्धमा नेपाली युवाहरूले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै सरकारले स्वीकृति नदिएका मुलुकमा सैन्य सेवामा नजान आग्रह गर्नुभयो ।

प्रधानसेनापति शर्माले भूतपूर्व सैनिक सम्मेलनले संस्थागत मूल्यमान्यतालाई जीवन्त तुल्याउनुका साथै भावनात्मक सम्बन्धलाई थप मजबुत तुल्याउने बताउनुभयो ।

प्रधानसेनापति शर्माले भूतपूर्व सैनिकहरूलाई उच्च अनुशासनमा रहन आग्रह गर्दै अनधिकृतरुपमा अन्य देशको सैन्य सेवामा नजान आग्रह गर्नुभयो । 

प्रधानसेनापति शर्माले स्वदेशमै रहेर समाजलाई योगदान दिने कार्यमा अग्रसर हुन पनि भूपू सैनिकलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button