तपाईँ सुन्दै हुनुहुन्छः

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार : प्रहरी पोष्ट स्थापनामा भएन पहल

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ केराबारी स्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।

गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका–१ बरुवामा धौलागिरी सुनचाँदी पसल सञ्चालन गर्दै आउनुभएका व्यवसायी गजेन्द्र विश्वकर्माको देब्रे पाखुरामा गोली लागेको छ । पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।आक्रमण गर्ने समूहले विश्वकर्माको स्कुटर र पसलको चाबीको झुप्पोसमेत लगेका छन् ।

गोली प्रहारबाट घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो।

अज्ञात समूहले विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उहाँको देब्रे हातको केही भाग काटिएको थियो। सुरक्षा संबेदनसिलतालाई मध्यनजर गर्दै सो क्षेत्रमा पटक पटक अस्थायी प्रहरी पोस्टको माग गरिएपनि सम्बन्धित निकायबाट पहल हुन सकेको छैन । ‘हामीले यहाँको सुरक्षालाई लिएर पटक पटक अस्थायी प्रहरी पोष्ट को माग गर्‍यौ,खुला सिमाका कारण यो ठाउँ संवेदनशील पनि छ,कयौँ अपराधीक घटना भैसकेका छन् ।तर सम्बन्धित निकायबाट चासो भएन’, बर्दघाट १६ का पूर्व वडा अध्यक्ष सुक बहादुर गुरुङले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button