तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचनबारे सत्तासाझेदार दलको बैठक

काठमाडौँ। सत्तासाझेदार दलले यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गरेका छन् । प्रधानमन्त्रीको निवासमा मङ्गलवार साँझ भएको बैठकमा उक्त निर्वाचन र प्राप्त नतिजाबारे छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचन र परिणामको विषयमा समीक्षा भएको जानकारी दिनुभयो । “गठबन्धनको बैठकमा कोशी प्रदेशमा सत्ता गठबन्धनले सिट गुमाएको विषयलाई लिएर गम्भीर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

बैठकले कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित भएको निष्कर्षसमेत निकालेको छ । कोशी प्रदेशको परिणाम अप्रत्याशित भएकाले त्यसमा गम्भीर छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेता लेखकले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनको उम्मेदवार पराजयको विषयले गठबन्धनको समिकरणमा फरक नपर्ने बताउनुभयो । “गठबन्धनका उम्मेदवार पराजयको विषयप्रति प्रारम्भिक छलफल भएको छ, गठबन्धन एकजुट छ, यसले गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन”, नेता लेखकले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button