सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ : नेता लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताउनुभएको छ ।
कञ्चनपुरमा आज आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबीच अन्तिम सम्झौता भइसकेकोले दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माणको अगाडि बढ्ने बताउनुभयो ।
नेता लेखकले महाकाली करिडोरलाई चीनसम्म जोड्ने, महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने काम पनि भइरहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्