प्रथम इलाम गोल्डकपको उपाधि एनआरटीले जित्यो
इलाम । इलाममा सम्पन्न प्रथम इलाम गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ ।
इलामको ठुलो टुँडिखेलमा सञ्चालित प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई टाई ब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।
विजेता एनआरटीले गोल्डकपसंगै नगद पाँच लाख प्राप्त गरेको छ भने झापाले नगद ३ लाख रुपैयाँमा चित्त बुझायो । आजको खेलमा म्यान अफ द म्याच बिर्तामोड युनाइटेडका हिसुब थपलिया बने । उनले नगद ५ हजार प्राप्त गरे ।
रेड हर्ष क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा सर्वाधिक गोलकर्ता आयोजकका नवयुग श्रेष्ठ बने । उनले ४ गोल गरेका थिए । उत्कृष्ट किपर एनआरटी का प्रिसु बने भने उत्कृष्ट मिडफिल्डर झापाका योगेश गुरुङ बने । उत्कृष्ट डिफेन्डर झापाका सन्जित राई बने, उदयमान खेलाडी आयोजक रेडहर्षका विवेक मगर बने । उत्कृष्ट फरवार्ड एनआरटीका राजीव लोप्चन बने । सर्वोत्कृष्ट खेलाडी झापाका रोहन कार्की बने। यसैगरि उत्कृष्ट कोच एनाआरटीका हरि ओम श्रेष्ठ बने । उनीहरूले विधागततर्फ जनही १०/१० हजार नगद र ट्रफी प्राप्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्