राष्ट्रियसभामा कर्णालीबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी

सुर्खेत । राष्ट्रिय सभाका लागि कर्णालीमा भएको तीन सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको छ ।
दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकाया विजयी हुनु भएको प्रदेश निर्वाचन कार्यालयले सुर्खेत जानकारी दिएको हो ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार माओवादीका विकले तीन हजार ८१७ मतभार ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका हिक्मत विकले एक हजार २६७ मतभार प्राप्त गर्नु भएको छ । त्यस्तै एकीकृत समाजवादीका मल्लले तीन हजार ७२२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका विमला शाहीले एक हजार ३६२ मत प्राप्त गर्नु भयो ।
यस्तै काँग्रेसका रोकायले तीन हजार ८७० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी डिल्लीप्रसाद भट्टले एक हजार २१४ मत प्राप्त गर्नु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्