१ लाख ५० हजार घुस सहित जनकपुर भन्सारका कर्मचारी पक्राउ

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले जनकपुर भन्सार कार्यालयका नायब सुब्बा अहमद रजा अन्सारीलाई घुस सहित रंगेहात पक्राउ परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–९ स्थित पिडारी चोकबाट १ लाख ५० हजार घुस सहित अन्सारीलाई अख्तियारको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।
एक सेवाग्राहीबाट रकम लिएकै अवस्थामा नासु अन्सारीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीको लागि नियन्त्रणमा राखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्