तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा बदेलको आक्रमणमा परि एक महिलाको मृत्यु, एक घाइते 

डोटी । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. १ मा बदेलको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज (मङ्गलवार) बिहान बदेलको आक्रमणमा परी सोही ठाउँ बसीना बस्ने अन्दाजी ३५ वर्षीय जगुली देवी भुल र सोही ठाउँ बस्ने ७२ वर्षीय पुरुष भगी भुल घाइते भएका थिए । उनीहरुलाई उपचार लागि जिल्ला अस्पताल डोटीमा ल्याउने क्रममा जगुदेवी भुलको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बिष्टले बताएका छन् । जगुली देवी भुलको टाउको, दुवै खुट्टामा गम्भीर चोट लागेका कारण बाटो मै मृत्यु भएको जिल्ला अस्पताल डोटीका डा। निराजन श्रेष्ठले बताएका छन् ।  

त्यस्तै भगी भुलको टाउकोमा सामान्य चोट लागेको छ । 

उनीहरूलाई आज (मङ्गलवार) बिहान ९  बजेको समयमा घर नजिकै खेतमा घाँस काट्ने क्रममा जङ्गली जनावर बदेलले आक्रमण गरी घाइते बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button