तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा बहस हेर्दाहेर्दैमा

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा चलिरहेको क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आज बहस नसकिएपछि हेर्दाहेदैमा राखिएको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा बिहान साँढे १० बजेदेखि सुरु भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

गत आइतबारदेखि सुरु अन्तिम सुनुवाइमा आज पनि वादी पक्षका कानुन व्यवसायीहरूको बहस नसकिएपछि सुनुवाई हेर्दाहेदैमा राखिएको हो ।

भोलि पनि वादी पक्षका कानुन व्यवसायीबाट नै बहस बहस सुरु हुनेछ । वादीका पक्षको बहस सकिएपछि भोलि क्रिकेटर लामिछानेका कानुन व्यवसायीहरूले बहस गर्नुहुनेछ ।

यसअघि, दुवै तर्फका कानुन व्यवसायीहरूले बहस नोट बुझाई सक्नुभएको छ । तर, कानुन व्यवसायीहरूको सङ्ख्या धेरै भएकाले बहस लम्बिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button