भक्तपुरमा प्रहरी नायव निरीक्षक मृत फेला
भक्तपुर । भक्तपुर जिल्लाको सुर्यबिनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा नेपाल प्रहरीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
४४ वर्षीय घिमिरे आफ्नै घरको तेस्रो तलामा आफू सुत्ने कोठाभित्र मृत फेला परेको प्रहरी परिसर भक्तपुरले जनाएको छ । घिमिरेको मृत्युको कारणबारे कही खुलेको छैन ।
सई घिमिरे मृत फेला परेको जानकारी पाउनासाथ प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक किशोर ढुङ्गानाले जानकारी दिनुभयो ।
यस सम्बन्धमा थप अनुसन्धान भई रहेको भक्तपुर प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्