तपाईँ सुन्दै हुनुहुन्छः

घोराही सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो

पुष । दाङको घोराही सिमेन्ट उद्योगले विद्युत् महशुस नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेको छ।

लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएको घोराही सिमेन्ट उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए लगत्तै सगरमाथा सिमेन्ट उद्योगको लाइन काटिएको हाे ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो।

प्राधिकरणका घोराहीका अनुसार घोराही सिमेन्टको लाइन काटिएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड रुपैयाँ महशुस बुझाउन बाकी रहेको जानकारी दिएको छ।

घोराही विद्युत् प्राधिकरणका अनुसार सगरमाथा सिमेन्टले रितपूर्वक निवेदन दिई पहिलो किस्ता तिरे पछि मात्र लाई पूर्ण जोडिने जानकारी दिएको छ।

किस्ताबन्दी तिर्ने पनि सुविधा अनुसार पहिलो किस्ताको रकम बुझायो भने सगरमाथा सिमेन्ट उद्योगको लाई जोडिन सक्ने विद्युत्प्राधिकरणले जानकारी दिएको छ।

धेरै पटक महशुल तिर्न आग्रह गर्दा पनि बक्यौता तिर्न अटेर गरेकाले उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ।
महालेखापरीक्षकका पछिल्ला प्रतिवेदनमा समेत बक्यौता महसुल उठाउन पटक पटक प्राधिकरणलाई निर्देशन दिइएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button