मुलुकमा कुनै राजनीतिक संकट छैन : महामन्त्री शर्मा
म्याग्दी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभएको छ ।
नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आइतबार बेनीमा सम्बोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भए पनि संकट नभएको बताउनुभयो ।

उहाँले मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । महामन्त्री शर्माले देशको करिब ९ खर्ब आन्तरिक ऋण र ११ खर्ब भन्दा बढी बाह्य ऋण रहेको उल्लेख गर्दै यसलाई घटाउनतर्फ जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
विपक्षीले बाह्य रुपमा प्रचारप्रसार गरेजस्तो देशमा आर्थिक संकट नभएको बताउँदै दुई महिनादेखि आर्थिक सूचकमा सुधार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उहाँले देशमा एकपटक राष्ट्रपति, दुई पटक भन्दा बढी पटक प्रधानमन्त्री, तीन पटक भन्दा बढी मन्त्री र चार पटक भन्दा बढी पटक सांसद हुने नपाउने नीति बनाउन कांग्रेस मार्फत सुरु गर्नका लागि जिल्ला स्तरबाट आवाज उठाउन आग्रह गर्नुभयो ।
सङ्घीयताका कारण जनतालाई सेवा सुविधा प्राप्त गर्न सहज भएको शर्माले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्