तपाईँ सुन्दै हुनुहुन्छः

दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व च्याम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन

बाँके । डिसेम्बर १८–२१ गतेसम्म भारतको हैदरावादमा हुने दसौँ विश्व स्ट्रेन्थ लिफ्टिङ विश्व चयाम्पियनसिपका लागि बाँकेबाट २० जना खेलाडी चयन भएका छन् । कात्तिक १७ र १८ गते नेपालगन्जमा भएको प्रथम राष्ट्रिय स्तरीय मेयर कप स्ट्रेन्थ लिफ्टिङ तथा आइविपी च्याम्पियनसिपबाट ती खेलाडी छनोट गरिएको स्ट्रेन्थ लिफ्टिङ फेडेरेशनका महासचिव जीवन गिरीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार, ९५ किलो तौल पुरुष सिनियरतर्फ प्रतीक श्रेष्ठ चयन भएका छन् । भने, ९५ किलो तौल पुरुष मेन मास्टर १ अनिल सिंह सिजापति, ७६ किलो तौल पुरुष मास्टर १ सन्तोषकाजी शाक्य र ८५ किलो तौल पुरुष मास्टर १ देवेन्द्र सिंह चय भएका छन् ।

त्यसैगरी, ६० किलो तौल पुरुष सब–जुनियरतर्फ मोहम्मद अजाम अन्सारी, ६८ किलो तौल पुरुष सव–जुनियरतर्फ दिलीप थापा, ८५ किलो तौल पुरुष सव–जुनियरतर्फ अमन इद्रिसी, ६० किलो तौल पुरुष सव–जुनियरतर्फ शाहिल कसगर र ८५ किलो तौल भन्दा माथि पुरुष सव–जुनियरतर्फ समिर रेग्मी चयन भएका छन् ।

त्यसैगरी, ८५ किलो तौल भन्दा माथि पुरुष जुनियरतर्फ आस्विनी सोना, ६८ किलो तौल पुरुष जुनियरतर्फ सर्वेश सुनार, ८५ किलो तौल पुरुष जुनियरतर्फ धिरज बुढा, ६८ किलो तौल पुरुष सिनियरतर्फ मोहित गुप्ता, ८५ किलो तौल पुरुष सिनियरतर्फ दिपेन्द्र चन्द ठकुरी, ९५ किलो तौल पुरुष सिनियरतर्फ स्मित केसी र ६८ किलो तौल पुरुष सिनियरतर्फ प्रेम थापा मगर चयन भएको महासचिव गिरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button