ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु
अर्घाखाँची। अर्घाखाँचीमा ट्रक दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको शीतगंगा नगरपालिका–८ सातमारास्थित राप्ती पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्