तपाईँ सुन्दै हुनुहुन्छः

बन्धक, रेडक्रसलाई सुम्पियोः हमास स्रोत

गाजा।  इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ ।

“आधा घण्टा अघि, केही बन्दीहरूलाई रेड क्रसलाई सुम्पिएको छ” स्रोतले उल्लेख गरेको छ।हमासको सैन्य शाखाको एक स्रोतले सो हस्तान्तरणको पुष्टि गर्‍दै भनेको छ- यो सम्झौता अन्तर्गत पहिलो समूह हो।”

गाजा पट्टीमा इजरायली र हमासबीचको युद्धविराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो चरण इजरायल फर्किने अपेक्षा गरिएको थियो।

इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू – महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ।

हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीहरूका अनुसार करिब १ हजार २०० व्यक्तिको हत्या गरी र करिब २ सय ४० इजरायली र विदेशी बन्धकहरूलाई कब्जामा लिएको थियो।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button