तपाईँ सुन्दै हुनुहुन्छः

जनताको अवस्था परिवर्तनमा सरकार लाग्नुपर्छ : महामन्त्री थापा

अर्घाखाँची । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको अवस्था परिवर्तनमा सरकार लाग्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पछिल्ला दिनमा संघीय व्यवस्थामाथि विभिन्न माध्यमबाट प्रहार भइरहेको बताउँदै संघीय व्यवस्थालाई मजबुत बनाउँदै आर्थिक समृद्धिको बाटोमा सरकारले कदम चाल्नुपर्ने बताउनुभयो ।

स्थानीय र प्रदेश सरकारलाई बलियो बनाएर केन्द्रिय सरकारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा महामन्त्री थापाले जोड दिनुभयो ।

थापाले काँग्रेसमा रहेको व्यक्ति प्रधान प्रवृत्ति अन्त्य गर्न पनि आफु लागिरहेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, चन्द्र केसी, नैनसिंह महर लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button