नरैनापुरका इस्लाम धर्मगुरु शाहको निधन
बाँके । बाँकेको नरैनापुर निवासी इस्लाम धर्मगुरु शैयद मुस्ताक अहमद शाहको निधन भएको छ ।

उहाँको ७८ वर्षको उमेरमा बिहीबार ११ बजे राती भारतको मेक्स अस्पतालमा निधन भएको हो । उहाँ नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहका ठुलो दाजु हुनुहुन्छ।
स्वर्गीय शाहको इस्लामिक संस्कार अनुसार शनिबार बिहान १० बजे नरैनापुर २ मियाँमा धार्मिक विधिपूर्वक अन्त्येष्टि हुने बताइएको छ ।
नरैनापुर गाउँ कार्यपालिकाको आपतकालिन बैठक बसेर समेत शुक्रबार शोक प्रस्ताव पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले बताउनुभयो।







प्रतिक्रिया राख्नुहोस्