तपाईँ सुन्दै हुनुहुन्छः

रामग्राम स्तूपलाई बिश्वसम्पदा सूचीमा राख्न पहल गर्छौ : मन्त्री किराती

नवलपरासी,पश्चिम् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पश्चिम् नवलपरासीको रामग्राममा रहेको स्तूपको अवलोकन गर्नु भएको छ ।

रामग्राम स्तूपलाई विश्व सम्पदा सूचीमा राख्न सरकार प्रयत्नशील रहेको बताउँदै यस्ता स्थलहरूको संरक्षण गरेर राख्न सक्नु नै सुखद पक्ष रहेको उहाँले उल्लेख गर्नु भयो।”बिश्वसम्पदा सूचीले मात्र देशको छविलाई माथि उठाउँछ त्यसैले सरकारले यस्ता ऐतिहासिक स्थलहरूको
प्रवर्द्धन गर्नुपर्छ यसले सिङ्गो राष्ट्रको परिचय बोक्ने छ हामी यसलाई प्रमाणित गर्छौ “मन्त्री किराँतीले भन्नुभयो ।

रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले स्तूप क्षेत्रको पूर्वाधार र विकासका लागि सरकालाई बजेट उपलब्ध गराउन मन्त्री किराँती लाई ध्यानाकर्षण गराउनु भएको थियो ।

भगवान् गौतम बुद्धको एकमात्र अस्थीधातु रहेको रामग्राम स्तूपमा पुरातत्त्व विभागले उत्खननको काम गरिरहेको छ ।सोही क्रममा मन्त्री किरातीले बिहीबार यसको स्थलगत निरीक्षण गर्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button