तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटनामा एक जनाको मृत्यु, २१ जना घाइते

File Photo

रुकुम पश्चिम । रुकुम पश्चिममा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय  मस्तबहादुर ओली मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका २१ जना मध्य ६ जनाको अवस्था गम्भीर छ । 

उनीहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लिने तयारी गरिएको छ भने अन्यलाई चौरजहारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चौरजहारी नगरपालिका १३ को रातामाटाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी ८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

जीप मध्यपहाडी राजमार्ग अन्तर्गत गैरीजिउला सडक खण्डबाट भेरी नदिमा खसेको थियो ।  जिपमा क्षमता भन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button