तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री चढेको हेलिकप्टरबाट ७ जना घाइते सुर्खेत लगियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट भूकम्पमा परी घाइते भएका ७ जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
प्रधानमन्त्री दाहाल आज विहान भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न जाजरकोट पुग्नुभएको थियो ।

प्रधानमन्त्री दाहाल सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुग्नुभएको हो । सोही हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।

उक्त हेलिकप्टरमा ७ जना कुरुवासमेत राखेर सुर्खेत लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button