तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कोहलपुर गोल्डकप : सेमिफाइनलमा चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज भिड्दै

बाँके । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता सुरु भएको आज तेस्रो दिन सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज भिड्न लागेका छन् ।

उद्घाटन खेलमा विजयी भएको चर्च व्वाईज यूनाईटेड र दोस्रो दिनमा (१-०) ले विजयी भएको गोर्खा व्वाईज बिच प्रतिस्पर्धात्मक खेल हुने खेल संयोजक राम बहादुर मल्लले जानकारी दिनुभएको छ ।

उद्घाटन खेलमा चर्च व्वाईजले आयोजकलाई पेनाल्टी सुट आउटमा (४-५) गोलको अन्तरले पराजित भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयभित्र गोल हुन नसकेपछि ट्राइब्रेकरमा आयोजकलाई स्तब्ध पार्दै चर्च ब्वाइजले विजयी सुरुवात गरेको थियो ।

ब्वाइज क्लबका गोलकिपर अविशेक चौधरीले म्यान अफ द म्याच घोषित भएका थिए भने उनले नगद रु ५ हजार रकम उपलब्ध गराइएको थियो ।

यस्तै प्रतियोगितामो दोस्रो दिनमा सुदूरपश्चिम-११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १-० ले पराजित गर्दै विजयी भएको थियो । खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा शक्ति राईले गोल हानेका थिए ।

खेल सुरुदेखि नै दबाबमा राखेको गोर्खा व्वाईजले सुदूरपश्चिम ११ लाई (१-०) ले पराजित गरेको थियो । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि।एफ।सी। चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैयाँ र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट व्यवस्था गरिएको छ । प्याराफिटमा एक सय रुपैयाँ लाग्नेछ भने ग्राउण्डमा ५० रुपैयाँ लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button