एमाले अध्यक्ष ओली कार्तिक १८ मा वीरगञ्ज आउँदै
बीरगञ्ज । आगामी कार्तिक १८ गते पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बीरगञ्ज आगमनलाई मध्यनजर गर्दै नेकपा एमाले पर्साको बैठक आज वीरगञ्जमा सम्पन्न भएको छ ।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा आज वीरगञ्ज स्थित एमाले पार्टी कार्यालय मनमोहन नगरमा सम्पन्न बैठकले नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनमा निर्वाचित हुनुभएका सम्पुर्ण प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण आगामी कार्तिक १८ गते पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको हुँदा सो कार्यक्रमलाई सभ्य र भव्य बनाउने निर्णय गरेको नेकपा एमाले मधेश प्रदेश कमिटीका उपाध्यक्ष विचारी यादवले बताउनुभयो ।

कार्यक्रम भव्य बनाउन मधेश प्रदेशका निर्वाचित पदाधिकारी तथा सदस्य, पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि लगायत सबै जनवर्गिय सङ्गठनका पदाधिकारी तथा सदस्यलाई परिचालन गरिने सर्वसम्मत निर्णय समेत गरिएको यादवले बताउनुभयो ।
बैठकले बारा सिमरा उपमहानगर पालिकाका प्रथम मेयर तथा मधेश प्रदेश कमिटीका पूर्व सचिव डा. कृष्ण पौडेलको असामयिक निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको यादवले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्