तपाईँ सुन्दै हुनुहुन्छः

रानीमहल नजिकै जीप दुर्घटना हुँदा छ जनाको मृत्यु

पाल्पा । पाल्पाको तानसेन रानीमहल सडक खण्डमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीपका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साँझ ५ बजे जीप दुर्घटना भएको हो । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ७२०९ नम्बरको जीप दुर्घटना भएको हो ।

घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् । दुर्घटना अप्ठ्यारो खोचमा भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button