कर्मचारी अभावका कारण विकासले गति लिन सकेन : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशमा कर्मचारी अभावका कारण जनअपेक्षा अनुरुप विकास निर्माणले गति लिन नसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शर्माले कर्मचारी अभावकै कारण प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको बताउनुभयो ।

उहाँले सङ्घीयताको मर्म अनुसारको गतिमा कानून निर्माण नहुँदा थप अर्को समस्या झेल्नु परिरहेको जनाउनुभयो । कर्णाली प्रदेशलाई जनसङ्ख्याको आधारमा मात्र नभई क्षेत्रफलसँगै भौगोलिक जटिलताका आधारमा हेर्नुपर्ने मागसहित संघीय सरकारसँग क्षतिपूर्तिका लागि दबाब दिइरहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी, प्रदेशका मुख्यसचिव चूडामणि पौडेल, सचिव आनन्द सारु लगायतले कर्णाली प्रदेश सरकारले पछिल्लो तीन महिनामा गरेका गतिविधि तथा विकास निर्माणको प्रगति बारेमा जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्