उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा
बेइजिङ (चीन)। जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुग्नुभएको छ ।

बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई यहाँस्थित चीनका लागि नेपाली राजदुत विष्णुपुकार श्रेष्ठ र चीनको इकोलोजी तथा वातावरण मन्त्रालयका उच्च अधिकारी चू यूउनले स्वागत गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आउनुभएको हो ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ त्यहा आयोजना हुने ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’मा सहभागी हुनुहुनेछ ।

उहाँले आगामी कात्तिक १ मा आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्यवक्ताका रुपमा सम्बोधन गर्ने कार्यतालिका छ ।








प्रतिक्रिया राख्नुहोस्