तपाईँ सुन्दै हुनुहुन्छः

मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि जलपाइगुडी र आर्मी भिड्ने

इलाम । सातौँ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्जिलिङ भिड्ने भएका छन् ।

आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंगको भेट पक्का गरेको हो । आर्मीको जितमा वाङदेन तामाङ नायक घोषित भए । उनले २ गोल गरे । ३६ औ मिनेटमा पहिलो गोल गरेका उनले ४१ औ मिनेटमा अग्रता दोब्बर बनाए ।

चाँदका लागि प्रविक तामाङले ५६ औ मिनेटमा सान्त्वना गोल फर्काए । जीतसँगै आर्मीले कम्तीमा ४ लाख ९२ लाख ५० हजार भारु सुरक्षित गरेको छ ।

जलपाइगुडीले बुधबार भएको पहिलो सेमिफाइनलमा कञ्चनजङ्घा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको विजेताले ८ लाख ९५ लाख भारु र उपविजेताले ४ लाख ९२ लाख ५० हजार भारु पाउने छन् ।

अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button