दुर्गम गाँउमा प्रसूति गृह : गर्भवती महिलाको लागि सहज

मुगु । जिल्ला सदरमुकाम गमगढीबाट नजिकै रहेका तर सदरमुकाम कै दुर्गम गाउँले परिचित छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाँउमा प्रसूति गृह बनेपछि खुशी हुँदै आफूले बितेका दिनहरूमा सुत्केरी हुँदा भोगेका दुख्ख सुनाउँदै बाम गाउँ की स्थानीय बदमकला बुढा आफ्ना पिडा सुनाउनु भएको हो ।
गुड नेवर्स इन्टरनेशल कोरियाली सहयोग नियोग (कोइका) को आर्थिक तथा प्राविधिक सहयोग र किर्डाक नेपालको साझेदारीमा छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा र वडा नं १४ बाम गाँउहरुमा प्रसूति गृहहरू बनेपछि स्थानीयहरू खुशी भएका छन् ।
सोही गाउँका ६५ वर्षिया चन्द्र बहादुर बढुवाल पनि आफु छिटो जन्मेकोमा पछुतो लागेको बताउनुहुन्छ उहाँ भन्नुहुन्छ घरमा श्रीमती सुत्केरी हुँदा धेरै पटक आफ्ना बाल बच्चाको मृत्यु भएको र श्रीमती मरेर बाचिन । रगत धेरै बग्यो बल्ल बल्ल बची अहिले भएको भए सबै सुविधा पाईने रहेछ त्यसैले आफूलाई पछुतो लागेको उहाँ सुनाउनु हुन्छ ।

वडा नं ११ रोवा गाउँकी विनसरा बुढा गाँउमा गर्भवती भए र प्रसव पिडा लागे महिला दिदी बहिनीहरू सहेर बन्थिन भनौँ अस्पताल कसरी जाने टाढा छ,घरकाले दुख्ख पाउने त्यसैले जति पिडा भएपनि गाउँ मै सुत्केरी हुन्थे । रगत बगेर,बच्चा उल्टो बसेर,सालनाल हुन नसकेर कति आमा र बच्चाको मृत्यु भयो एकिन छैन,गर्भवती देखि सुत्केरी हुँदा सम्मका पिडा सम्झने हो भने महिला भएर कुनै पनि जुक र जुनीमा जन्मनु नपरोस् जस्तो लाथ्यो भन्नुहुन्छ ।
रोवा प्रसूति गृहका जग्गादाता राम बहादुर बुढा आफ्नी श्रीमती सुत्केरी हुँदा साहै पिडा भएको र गाँउमा सुत्केरी हुन नसकेर कयौँ आमा र बच्चा मर्दा भोगेको पिडा अब आफ्ना गाउँ की महिलाहरूले भोग्नु नपरोस् र सुरक्षित गर्भ जाँच तथा सुत्केरी गाउँ मै होस भनेर प्रसूति गृह बनाउन आफूले जग्गा निःशुल्क दिएको बताउनु हुन्छ ।
कोरियाली सहयोग नियोग काईका, गुडनेर्वस इन्टरनेशनल, आमा तथा बाल स्वास्थ्य कार्यक्रम मुगु की प्रोजेक्ट म्यानेजर मिस लैला मुगु जस्तो विकट जिल्लामा शिक्षामा काम गदै गर्दा सुविधा सम्पन्न अस्पताल नपाएर कयौँ मुगालहरुले दुख्ख पाएको देखेर पहिलो फेजमा जिल्ला अस्पतालका भौतिक संरचनाहरू बनाएको र मेसिन औजार सहयोग गरेको सुनाउनु हुन्छ । उहाँ भन्नुहुन्छ मुगुका विकट गाँउहरुमा आफु घुम्दै गर्दा सालनाल नभएर,बच्चा अडकिएर,उल्टो बसेर, रक्तश्राप भएर महिला तथा बच्चाहरू कयौँको अकालमा ज्यान गएको देख्दा मन कटक्कै काटिन्थ्यो ।

त्यो बेला सोच्थे गाउँ मै ठुलो चिकित्सकीय सेवा नभएपनि सामान्य जटिल अवस्थाको प्रसूति र गर्भजाँच सेवा दिन सक्ने प्रसूति गृह बनाउन सके कयौँ आमा र बच्चा बचाउन सकिन्थ्यो । यो विषयमा कोइका र गुडनेवर्ससंग किन कुरा नगर्ने सोचे र कुरा गर्दा सहजै सहमति जुटेकाले मुगुमा आमा तथा बाल स्वास्थ्य कार्यक्रम शुरु गर्न सकियो ।
प्रसूति गृहमा सुत्केरी मात्र नभएर गर्भ अघिका चेकजाँच सेवा लिन र नवजात शिशुलाई नियमित खोप लगाउन सहज होस र समय मै गुणस्तरीय प्रसूति सेवा मार्फत आमा तथा बालबालिकाको प्रसूति हुँदा हुने मृत्यु घटाउन आमा तथा बाल स्वास्थ्य कार्यक्रम अन्तरगत छायाँनाथ रारा नगरपालिका भित्रका बाम,रोवा र कोटिल्ला गाँउमा प्रसूति गृह बनाइएको जसमा निमार्ण सम्पन्न भएका बाम र रोवा प्रसूति गृहहरू छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरिसकिएको र कोटिल्लाको निर्माणाधीन रहेको गुड नेवर्स इन्टरनेशल मुगु परियोजना संयोजक खेम बहादुर रोकायाले जानकारी गराउनु भयो ।
बनेका प्रसूति गृह, निर्माणाधीन प्रसूति गृह र उपलब्ध गरिएका प्रसूति गृहका सामान,मेसिन औजारहरू नेपाल सरकारको आमा निर्देशिकाले प्रसूति गृहका लागी तोकेको मापदण्ड अनुसारका भएको पनि संयोजक रोकायाले बताउनु भयो । तिन वटै प्रसूति गृह निमार्णमा १ करोड ९३ लाख र वथिङ्ग सेन्टर इक्युमेन्टमा २१ लाख खर्च भएको बताइएको छ ।
साझेदारी संस्था किडार्क नेपाल मुगु कार्यक्रम संयोजक टेक बहादुर शाही कोइका र गुडनेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र आफ्नो सस्थाको साझेदारीमा मुगुमा आमा तथा बाल स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको, सोही कार्यक्रमको लक्ष्य सुरक्षित प्रसूति सेवा र आमा तथा बालबालिकाको स्वास्थ्यमा सुधार र मातृ तथा शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम सञ्चालनमा रहेको बताउनु हुन्छ ।
उहाँका अनुसार समुदायलाई आमा तथा बाल स्वास्थ्य र सुरक्षित प्रसूति बारे बुझाउने देउडा खेलाउने,सडक नाटक गर्ने,विद्यालय शिक्षा तथा विभिन्न प्रतियोगिता गराउने देखि महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरि नियमित आमा तथा बच्चाको स्वास्थ्य चेकअप, नियमित खोप,प्रसूति पूर्वका गर्भचेक,पौष्टिक खानपान र स्याहार बारे बुझाउन चेक गर्न घरघरमा भेटघाट गर्ने गदै आएको र पढेलेखेकाहरूले सहजै बुझुन् भनेर मर्यादित महिनावारी, गुणस्तरीय प्रसूति तथा आमा र बालबालिकाको स्वास्थ्यबारे जानकारी मूलक ब्राेसर प्रकाशन गरि गाँउटोल र विद्यालयमा वितरण गरिँदै आएको छ ।
वडा नं ११ का वडा अध्यक्ष कुन्जुमा कुमाई सदरमुकाम देखि दुरदराजमा रहेका गाँउमा दातृ निकायहरूले प्रसूति गृह बनाएका होईनन आमा र बच्चा बचाउन भगवान् राखेको भन्नुहुन्छ । हामीले गाँउमा समय मै उपचार र चेकजाँच नपाएर आमा र बच्चाहरू अकाल मै मर्ने गरेका छन् प्रसूति घर बनाई दिन कति चोटि सरकारी तथा गैरसरकारी निकायलाई गुहारेयौ तर कहिल्यै सुनवाई भएन तर काईका नेपाल र गुडनेवर्स ईन्टरनेशनलले हाम्रो पीडा देख्नुभयो ।
प्रसूति गृहले प्रत्यक्ष आमा तथा बालबालिका लाभान्वित भएपनि यो घर स्थापनाले गाँउलेहरुको आर्थिक बचत,समय बचत हुनुले गाउँका सबै लाभान्वित भएका छौ । भवन त बन्यो भवन स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण भएको छ औषधी,जनशक्ति गुणस्तरीय सेवामा अव नगरपालिकाले ध्यान देओस् भन्नुहुन्छ ।
निमार्ण सम्पन्न भएका प्रसूति गृहहरू गुड नेवर्स ईन्टरनेशलले छायाँनाथ रारा नगरपालिकालाई हस्तान्तरण गरेको छ । हस्तान्तरित प्रसूति गृह बामको भवन बुझ्दै नगर प्रमुख विष्णु कुमार भामले आफ्नो प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको र दातृ निकाय तथा गैर सरकारी संघ सस्थाहरुलाई सुगम भन्दा दुर्गम गाउँ बस्तीहरूमा काम गर्न आफूले अनुमति दिने गरेको र सोही अनुसार नै नगरपालिको दुर्गम गाउँ बाममा प्रसूति गृह बनेको बताउनु भयो ।
उहाँले प्रसूति गृहबाट गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक स्वास्थ्यकर्मी,औषधी,प्रशासनिक खर्च, घेरवारको व्यवस्था नगरपालिकाले गर्ने पनि बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्