प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
स्वर्गीय नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची

काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाको बैठक दिउसो साढे २ बजे र प्रतिनिधि सभा बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको दुवै सदनको बैठकमा संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्