नेपालगन्जमा प्रहरीका पूर्ववरिष्ठ सईमाथि खुकुरी प्रहार
बाँके ।नेपालगन्जमा गुन्डागर्दीमा संलग्न युवाहरूको खुकुरी प्रहारबाट एक जना पूर्व प्रहरी गम्भीर घाइते हुनुभएको छ।सोमबार राति नेपालगन्जको न्युरोडमा रहेको कलपत्रु होटेल नजिकै युवाहरूको खुकुरी प्रहारबाट सई घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट केही दिनअघि राजीनामा दिइसकेका वरिष्ठ सई विनोद सिंह घाइते भएको उहाँले बताउनु भयो। स्कुटरमा घरतर्फ गइरहेका सिंहलाई मोटरसाइकलमा आएका दुई जना युवाले स्कुटर रोकी विवाद गरेर खुकुरी प्रहार गरेका थिए ।
घटनामा संलग्न नेपालगन्ज कोरियनपुरका दिपेन्द्र अधिकारी र जानकी गाउँपालिका–१ शिवपुरीका भरत थापालाई राति नै पक्राउ गरिएको डिएसपी डाँगीले जानकारी दिनुभयो।
खुकुरी प्रहारबाट सिंहका दुवै हातका विभिन्न स्थानमा चोट लागेको छ । पक्राउ परेका दुवै युवाहरू नेपालगन्ज क्षेत्रमा गुन्डागर्दीमा संलग्न रहँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्