तपाईँ सुन्दै हुनुहुन्छः

‘जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक प्रयत्न आवश्यक’

काठमाडौँ । वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असरसँग जुध्न सबैको सामूहिक प्रयत्न आवश्यक पर्ने बताउनुभएको छ ।

साथसाथै नेपालको आयोजनामा काठमाडौँ आयोजित अन्तर्क्रियामा मन्त्री डा. महतोले जलवायु परिवर्तन विश्वको साझा समस्या भएकाले यसको असरसँग जुध्न सरकार लगायत सरोकारवाला सबै पक्षको सार्थक प्रयत्नको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री डा. महतोले जलवायु परिवर्तनका सन्दर्भमा जनचेतना अभिवृद्धि गर्न महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

मन्त्री डा. महतले आगामी कोप सम्मेलनमा जलवायु परिवर्तनका सम्बन्धमा मुलुकले गरेका कामहरूबारे विश्व समुदायलाई जानकारी गराउँदै आर्थिक लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

अन्तर्क्रियामा वक्ताहरूले जलवायु परिवर्तनले महिला ,बालबालिका र पिछडिएको बर्गलाई धेरै प्रभावित पारेको भन्दै विशेष संरक्षण सशक्तीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वक्ताहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागी राज्यले समयानुकूल कानूनी र संस्थागत संयन्त्रको व्यवस्था गर्दै जलवायु परिवर्तनका सवालमा सबैको सार्थक सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button