तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबार भवनको निरीक्षण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गर्नुभएको छ ।

आज दिउँसो उहाँले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात् देखिने बाहिरी र भित्री कक्षहरूको थ्रिडी एनिमेसनको अवलोकन पनि गर्नुभएको थियो ।

त्यस अवसरमा उहाँले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा संलग्न सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button