तपाईँ सुन्दै हुनुहुन्छः

रारा विमानस्थलबाट पुनः हवाई उडान सुरु

मुगु  । विकासका विभिन्न पूर्वाधारबाट नेपालकै पछाडि पारिएको हिमाली जिल्ला मुगुमा हवाई उडान आजबाट सुचारु भएको छ । 

लामो समयपछि मौसममा केही सुधार भएपछि आज समिट र तारा एयरले एक÷एक वटा उडान भरेका छन् । 

नेपालमा बढ्दो हवाई दुर्घटनालाई न्यूनीकरण गर्नको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १४ गते अपराह्न १२ः०० बजेपछि उडान भर्न बन्द गर्ने निर्णय गरेपछि विशेष गरी दुर्गम तथा हिमाली भेगका नागरिकहरू मर्कामा परेका थिए । 

वर्षाको समयमा बिहानीपख कुहिरो लाग्ने र मौसम सफा नहुने भएकाले दिउँसो १२ः०० बजेपछि मात्र मौसम सफा हुने हुनाले प्राधिकरणको निर्णय हिमाली जिल्लाको लागि उपयुक्त नहुने स्थानीयले बताउँदै आएका थिए । बिहीबारबाट मौसममा केही सुधार आउनुको साथै नोली नागरी उड्डयन प्राधिकरणले पूर्व निर्धारित निर्णयलाई फेरबदल गरी अतिरिक्त समयमा पनि उडान भर्न पाउने निर्णय गरेपछि आजबाट मुगुको रारा विमानस्थल तालचमा दुई  वटा एयरलाइन्स हरुले उडान भरेका हुन् ।  

जहाजको प्रतीक्षामा बसेका नेपालगन्ज र मुगुका यात्रीहरूले यात्रा गर्न पाएका छन् । 

१२ बजे अगावै मौसममा राम्रो सुधार भएपछि नेपालगन्जदेखि मुगुका लागि समिट, तारा एयरले उडान भरेका छन् । 

आजबाट हवाई उडान पुनः सुरु भएपछि मुगु र नेपालगन्जमा थन्किएका यात्रुहरूले हवाई यात्रा गर्न पाएका छन् । 

यहाँ वर्षाको समय भएकाले कच्ची सडक हुँदै यात्रा गर्दा बाटोमा विभिन्न किसिमका सास्तीहरू खेप्नुपर्ने भएकाले यात्रुहरू हवाई मार्ग नै रुचाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button