तपाईँ सुन्दै हुनुहुन्छः

रारा विमानस्थलमा पुनः हवाई उडान सुचारु

मुगु । विकासका विभिन्न पूर्वाधारबाट नेपालकै पछाडि पारिएको हिमाली जिल्ला मुगुमा हवाई उडान सुचारु भएको छ । लामो समय पछि मौसममा केही सुधार भएपछि आज समिट, तारा र  एयरले १।१ ओटा उडान भरेका छन् ।  नेपालमा बढ्दो हवाई दुर्घटना लाई न्युनिकरण गर्नको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले साउन १४ गते अपराह्न १२ बजेपछि उडान भर्न बन्द गर्ने निर्णय गरेपछि विशेष गरि दुर्गम तथा हिमाली भेगका नागरिकहरू मर्कामा परेका थिए । 

वर्षाको समयमा बिहान पख कुहिरो लाग्ने र मौसम सफा नहुने भएकाले दिउँसो १२ बजे पछि मात्र मौसम सफा हुने हुने हुनाले प्राधिकरणको निर्णय हिमाली जिल्लाको लागि उपयुक्त नहुने स्थानीयले बताएका छन् । हिजो बाट मौसममा केही सुधार आउनुको साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व निर्धारित निर्णय लाई फेर बदल गरी अतिरिक्त समयमा पनि उडान भर्न पाउने निर्णय गरेपछि शुक्रवार बाट मुगुको रारा विमानस्थल ताल्चामा २  वटा एयरलाइन्स हरुले उडान भरेका हुन् ।  

जहाजको प्रतीक्षामा बसेका नेपालगञ्ज र मुगुका यात्रीहरूले यात्रा गर्न पाएका छन् । १२ बजे अगावै मौसममा राम्रो सुधार भएपछि नेपालगन्ज देखि मुगुका लागि समिट,तार एयर ले उडान भरेका छन् । आज बाट हवाई उडान पुन शुरु भए पछि मुगु र नेपालगन्जमा थन्किएका यात्रुहरूले हवाई यात्रा गर्न पाएका छन् । वर्षाको समय भएकाले कच्ची सडक मार्गबाट  यात्रा गर्दा बाटोमा विभिन्न किसिमका सास्तीहरू खेप्नु पर्ने भएको हुनाले यात्रुहरू हवाई मार्ग नै रुचाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button