तपाईँ सुन्दै हुनुहुन्छः

बागमती सरकार : १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि १ हजार ५ सय ९५ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका १ हजार ५ सय ९५ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको अध्यक्षतामा बसेको बैठकले दुई कर्मचारीलाई ११ औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ ।

स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११ औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । यस्तै बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button